तनहुँको भानुमा १७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा युवक पक्राउ

तनहुँको भानुमा १७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा युवक पक्राउ

rapedd

तनहुँ ।   १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको भानु नगरपालिका वडा नं -३ स्थित कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका -६ निवासी २१ वर्षीय सुनिल मगरलाई प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार मगरले ती युवती माथि जबर्जस्ती गरेको सूचना पश्चात प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका युवकमाथि जबर्जस्ती करणी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds