म्याग्दीकाे बेनी नगरपालिका–६ डम्बरामा पार्किङ गरी राखिएका दुई वटा गाडीमा आगजनी भएको छ ।
बेनी–दरवाङ सडक खण्डको डम्बरामा सडक छेउमा पार्किङ गरी राखेका ध १ ज ९८६ नम्बरको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा बिहीबार बिहान अन्दाजी ४ बजे अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ । यी दुवै गाडी बुधबार साँझ ७ बजे सोही स्थानमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ७ बजे सडक छेउमा पाकिङमा रहेको ट्याक्सीलाई बेनीदेखि तातोपानीतर्फ जाँदै गरेको भ्यानले पछाडिबाट ठक्कर दिँदै अगाडि नालीमा खसेको थियो ।
दुर्घटनाग्रस्त गाडीलाई स्थानीयले नालीबाट झिकेर सडक किनारामा राखिदिएका थिए भने प्रहरीले चालकको मदिरा सेवन गरे/नगरेको परीक्षणगरी मानवीय क्षति नभएका कारण दुवै गाडीका धनीलाई मिलापत्र गराइ पठाएको थियो । चालक समेत रहेका दुवै गाडी धनी डम्बराकै स्थानीय हुन् । तर, बिहीबार बिहान ४ बजे अज्ञात समूहले दुवै गाडीमा आगो लगाएको भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रहेका प्रहरी निरीक्षक विरेन्द्र गुरुङले घटनाको प्रकृति अस्वभाविक र रहस्यमय देखिएकोले थप अनुसन्धान गरिरहेकाे बताएका छन् । सवारी साधनमा आगलागी गर्ने ब्यक्तिहरुको पहिचान भएको छैन ।
सम्बन्धित खबर
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता