इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते

इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते

bisfot

काठमाडौँ । सुनसरीको इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विस्फोट भएको हो ।

विस्फोटमा परी इटहरी उपमहानगरपालिका–२ हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र लमजुङ–५ ढोडेनीका २३ वर्षीय शेरजङ्ग गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते आमा छोराको विराटनगर र गुरुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds