ओस्कार अवार्डः ‘कोडा’ सर्वोत्कृष्ट फिल्म, ‘ड्युन’ लाई सर्वाधिक ६ विधा

ओस्कार अवार्डः ‘कोडा’ सर्वोत्कृष्ट फिल्म, ‘ड्युन’ लाई सर्वाधिक ६ विधा

ascar

काठमाडौँ । यस वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधि ‘कोडा’ ले जितेको छ । सियार हेडर निर्देशित फिल्मले डिफ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा बनेका छ ।

नेपाली समयानुसार अमेरिकाको लस एन्जल्समा सोमबार बिहान आयोजित समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ ।

उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छिन् । ‘द आइज अफ टेमिफेइ’ फिल्ममा गरेको अभिनयले उनले यो उपाधि जितेकी हुन् ।

विल स्मिथले ‘किङ्ग रिचर्ड’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् ।

‘ड्युन’ले सर्वाधिक ६ विधामा ट्रफी उचाल्यो । सर्वाधिक १२ विधामा मनोनयन भएको ‘द पावर अफ द डग’ले निर्देशन विधामा समेत जित्न सक्यो । निर्देशक जेन क्याम्पियन ओस्कार जित्ने तेस्रो महिला समेत बनिन् ।

यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जापानी फिल्म ‘ड्राइभ माइ कार’ ले पाएको छ ।

यस्तो छ ओस्कार विजेताको सूची :

फिल्म : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
सहअभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सहअभिनेता : ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनि : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिनप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : एनकान्टो
डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट : ड्युन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds