काठमाडौँ । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन् । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी भएकी हुन् ।
तुम्खेवाले ८५ मत प्राप्त गर्दा पन्थीले ८३ मत प्राप्त गरेकी छन् । यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन् ।
उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गरेकी हुन् भने महासचिवमा वसन्तीले यशोदा अधिकारीलाई पराजित गरिन् । त्यस्तै सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गरिन् । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरेकी हुन् ।
महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ