महँगोमै किनेर भए पनि लोडसेडिङ हुन दिन्नौँः कुलमान घिसिङ

महँगोमै किनेर भए पनि लोडसेडिङ हुन दिन्नौँः कुलमान घिसिङ

kulman

पोखरा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने बताएका छन् ।

आज (बिहीबार) पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् ।

भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत दिने बताए ।

‘हामीले महँगोमा किनेर भए पनि लोडसेडिङ हुन दिँदैनौं, घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ गर्दैनौँ, सबै जना ढुक्क हुनुहोला लोडशेडिङ हुँदैन,’ घिसिङले भने।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds