काठमाडौँ विश्वको छैठौँ प्रदूषित शहर, नेपाल दशौँ नम्बरमा

काठमाडौँ विश्वको छैठौँ प्रदूषित शहर, नेपाल दशौँ नम्बरमा

ktm

काठमाडौँ । काठमाडौँ विश्वको प्रदूषित शहरको छैटौं नम्बरमा परेको छ ।

वायुको गुणस्तरका विषयमा अनुगमन गर्ने स्विस कम्पनी आईक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ ।

यस्तै, देशका हिसाबले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ ।

तथ्यांक अनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । त्यस्तै, देशका हिसाबले बंगलादेश पहिलो सूचीमा छ ।

आक्युएयरले संग्रह गरेको तथ्यांक अनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषण सम्बन्धी मापदण्ड पूरा नगरेको देखाएको छ ।

सर्वेक्षण गरिएका सहरहरु मध्ये केवल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds