अश्विन दानी, गोरखा । गोरखा नगरपालिका ३ नारेश्वरकी पुतली (नाम परिवर्तन) भारतको कोठीमा थुनिएको जानकारी आएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
गत बैशाख १ गते देखि हराएकी छोरी अहिले भारत स्थित पञ्जाबको कोठीमा रहेको जानकारी आएको उनकी आमाले जानकारी दिईन । केही समय अघि देखि पुतलीको भारतीय युवाहरुसँग सामाजिक सञ्जालमा कुरा समेत गरिरहने उनकी आमाले बताईन ।
‘छोरीले विदेश जान्छु भनेर पासपोर्ट बनाकी थिई’ पुतलीकी आमाले रुँदै भनिन् ‘विदेश जानुपर्दैन भन्दै ज्वाईले पासपोर्ट खोसेका थिए । विदेश जान नदिएको भन्दै ज्वाई छोरीको झगडा परिरहन्थ्यो ।’
छोरीले विदेश जाने भनेर जिद्धि गर्दागर्दै अहिले भारतको कोठीमा पुगेको खबर आयो । पुतली भारत स्थित पञ्जाबको कोठीमा पुगेको भनेर उनकै साथी सोनीयाले पुतलीकी आमालाई जानकारी दिएकी हुन् । केही दिन अघि पुतलीकी आमालाई अर्की साथी ज्योती मगरले छोरी भारतमा रहेको जानकारी दिएकी थिईन् ।
‘फोन गरेर इण्डियाको कोठीमा छ खान दिँदैन रे । यातना दिन्छ रे अनि बन्द कोठामा राख्या छ रे । मार्न लागिसक्यो यहाँ बाट निकाल्नुस भन्या छ रे ।’ पुतलीकी साथी सोनीया र ज्योतीलाई उद्दृत गर्दै आमाले भनिन् ।
पुतली पञ्जाबको कोठीमा रहेको कुरा उनका साथीहरुले आमालाई शनिबार मात्रै खबर गरेका हुन् । सोनीयासँग छोरीको कसरी फोन सम्पर्क भयो भन्नेबारे आमा अनविज्ञ छिन । अहिले सोनियाको फोन स्वीच अफ रहेको छ ।
भारतमा सम्पर्क गरेर पुतलीको बारेमा कसरी जानकारी लिएको भनेर सोध्दा उनले जानकारी दिन नमानेको आमाले बताईन । केही समय अघि पुतलीले विदेश जाने भनेर भारतकै राकेश सिंहको आग्रहमा पासपोर्ट बनाएको आमाले जानकारी दिईन् ।
काठमाडौँबाट पुतली हराएपछि उनका श्रीमानले काठमाडौँ प्रहरी र माइती नेपालमा समेत खबर निबेदन दिईसकेका छन् ।
सम्बन्धित खबर
प्राईम सहकारी ठगी कसूरमा पक्राउ परेका शंकर नारायण जेल चलान
संरक्षित बन्यजन्तुको सिङसहित युक्रेनी युवक पोखरा विमानस्थलबाट पक्राउ
मुग्लिन–पोखरा सडक: पूर्वी खण्ड निर्माणको म्याद दोस्रोपटक थपियो
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
कालीगण्डकीमा छाडियो तीन लाख बढी माछाका भुरा
छैठौं कालीगण्डकी अध्यक्ष कप तथा खेलकुद महोत्सव हुने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम