स्याङ्गजाको गल्याङमा मोटरसाइकल र गाडी एकापसमा ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने गल्याङ नगरपालिका -१ नब्बे स्थित आज दिउँसो अन्दाजी १ बजेको समयमा वालिङबाट बुटबलतर्फ जाँदै गरेको ग १५ प ७४४७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको लु २ ख ५२९० नम्बरको फोर्स गाडी एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो।
मृत्यु हुनेमा रुपन्देही जिल्ला सुद्धोधन गाँउपालिका-५ फर्सटिकर घर भई हाल गल्याङ नगरपालिका- ३ गल्याङ बजारमा कुशल मोटरसाईकल वर्कसपमा काम गर्ने वर्ष २७ का जितेन्द्र पटेल छन्।
गण्डकी प्रदेश प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका पटेललाई तत्काल उपचारका लागि नगर अस्पताल गल्याङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
घटना स्थलमा खटिएको प्रहरीले उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ