काठमाडौं । अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १ किलो २ सय ६८ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर टी ७२६९०९१ वहाक ३८ वर्षीय सुवम मेहरा रहेका छन्। उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुवमको गतिविधि शंकास्पद देखिकोमा उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा मलद्वारमा टेपले बेरी ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बरामद उक्त पदार्थ सहित उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ