प्रधानमन्त्रीद्वारा नयाँ खिम्ती सब–स्टेशनको उद्घाटन

प्रधानमन्त्रीद्वारा नयाँ खिम्ती सब–स्टेशनको उद्घाटन

khimti_hydro_deuba

रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् ।

आज शनिबार रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको आज शनिबार उद्घाटन गरेका हुन् ।

खिम्ती सब–स्टेसन २ सय २० र १ सय ३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।

स्वदेशी लगानीमा निर्माण गरिएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २ सय २० केभी प्रसारण लाइन र १ सय ३२ केभीको सब–स्टेसन निर्माणको काम पूरा भएको हो ।

सब–स्टेसनले गोंगरबाट आएको २ सय २० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ । नयाँ खिम्ती सब–स्टेशनमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती सब–स्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००/२२०/१३२ केभी सब–स्टेशनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

नयाँ खिम्ती सब–स्टेशनबाट ४६ कि.मि. लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघूस्थित १३२ के.भी. सवस्टेसन हुँदै काठमाडौं उपत्यकासहितनेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ ।

नयाँ खिम्ति सब–स्टेशनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर वे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर वे रहेका छन् । साथै, सब–स्टेशनमा २२०/१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सब–स्टेशनमा हाल करिब ५५ रोपनीमा २२०÷१३२ केभी नयाँ खिम्ती सब–स्टेशन निर्माण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds