यू–१८ महिला साफः नेपालको लगातार दोस्रो हार

यू–१८ महिला साफः नेपालको लगातार दोस्रो हार

nepal-women-football-team

काठमाडौँ । यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

३० औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३ औँ मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् ।  ३५ औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।

खेलको ४२ औँ मिनेटमा साहदा अख्तर रिपाले गोल गरेपछि बंगलादेश ४–१ को अग्रता बनाएको थियो ।

इन्जुरी समयमा अमिषा कार्कीले गोल गरे पनि नेपाल खेलमा फर्किन सकेन ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० ले पराजित भएको थियो ।

बंगलादेशले भने विजयी सुरुआत गरेको छ । पहिलो खेलमै बंगलादेशले ३ अंक जोडेको छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

अब नेपालले तेस्रो खेल मार्चमा २१ मा भारतसँग खेल्नेछ । यस्तै नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

लिगमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds