काठमाडौँ । जापानमा ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । कम्तीमा ९० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बुधबार बेलुका ८ बजेतिर ७ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । फुकुसिमा क्षेत्रको जलीय क्षेत्रको ६० किलो मटिर गहिराइमा यसको केन्द्रविन्दु रहेको जापानको भौगर्भिक निकायले जनाएको छ ।
भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको जनाइएको छ।
भूकम्पले २० लाखवटा घरको विद्युत आपूर्ति रोकिएको छ । जापानको उत्तर पूर्वी तटीय क्षेत्रका केही भागमा एक मिटर अग्लो सामुद्रिक छाल अर्थात सुनामी आउने चेतावनी दिइएको छ ।
क्षतिको विवरण भने सङ्कलन गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ