यू–१८ महिला साफः पहिलो खेल नेपाल भारतसँग खेल्दै

यू–१८ महिला साफः पहिलो खेल नेपाल भारतसँग खेल्दै

football-girls

काठमाडौँ । यू–१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आज (मंगलबार) बाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ ।

भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र भारतबीच आज बेलुका सवा ७ बजे प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशसँग, मार्च २१ मा पुनः भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको मात्रै सहभागिता रहेको छ ।

चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds