चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ पाँच बजे इच्छाकामना–२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उनका ५ वर्षीय छोरा आर्यन गुरुङ र उनका भदा इच्छाकामना–२ बस्ने ३४ वर्षका रविन गुरुङ रहेका छन् ।
उनीहरुको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
प्रहरीको थुनामा रहेका एक जना बाथरुममा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मरे
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ