पोखरा । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई अनिवार्य पीसीआर टेस्ट नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।
अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई पीसीआर टेस्ट गर्नु पर्ने छैन ।
यसअघि अस्पताल भर्ना हुँदा र अपरेशन लगायतका उपचार गर्नुपर्दा पीसीआर अनिवार्य चाहिन्थ्यो ।
मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप मात्रै १५ लाख बढीले लगाइसकेका छन् । बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
अहिलेसम्म कुल जनसङ्ख्याको ६३ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ