म्याग्दी । पश्चिम म्याग्दीमा डढेलो निभाउने क्रममा एक युवकको जलेर मृत्यु भएको छ ।
मालिका गाउँपालिका–५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार दिउँसो तीन बजे २६ वर्षीय मबहादुर बोहराको जलेर मृत्यु भएको हो ।
डढेलोमा परेर मृतक बोहराका २१ वर्षीय भाइ मनबहादुर गम्भीर घाइते भएका छन् ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सोमबार रातिदेखि जंगलमा लागेको डढेलो बस्तीमा आउन लागेपछि निभाउन जाँदा जलेर बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम