फोनिज, गण्डकी प्रदेशको नवनिर्वाचित नेतृत्वलाई मिलन डी.जी.को सम्मान

फोनिज, गण्डकी प्रदेशको नवनिर्वाचित नेतृत्वलाई मिलन डी.जी.को सम्मान

fonij gandaki photo

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशको नवनिर्वाचित नेतृत्वलाई मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.ले बधाई ज्ञापनसँगै सम्मान गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा यही फागुन १८ गते सम्पन्न फोनिज, गण्डकी प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई सम्मान गरिएको हो । नवनिर्वाचित अध्यक्ष रूद्रबहादुर श्रीसमगर, उपाध्यक्ष खिमा गुरुङ, महासचिव धनबहादुर गुरुङ (सुमन), संस्थागत सचिव अर्जुन गाहामगर (सुशान्त) र कोषाध्यक्ष रामकुमारी गुरुङ (रत्ना)लाई सम्मान गरिएको हो ।

त्यसैगरी, सदस्यहरू मनलाल गुरुङ (मणि), चेतबहादुर थापामगर (प्रवीण), सुरज थापामगरलाई सम्मान गरिएको थियो । महिला उपाध्यक्ष सूर्यकुमारी महतो, संगठन सचिव विजय रानामगरलगायतका अन्य सदस्य भने कास्की बाहिर भएकाले सम्मान कार्यक्रममा सहभागी हुन सकेनन् । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ “मिलन”ले मिलन डी.जी. र फोनिज, गण्डकीबीचमा सधैं आत्मीय सम्बन्ध रहेको भनाइ राखे ।

कार्यक्रममा फोनिज, गण्डकी प्रदेशको नवनिर्वाचित नेतृत्वलाई गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.की संरक्षक एवं वरिष्ठ समाजसेवी सावित्रीकुमारी गुरुङले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य विष्टले समाजसेवी दुर्गा गुरुङ “मिलन”ले विभिन्न संघसंस्थाको स्थापना गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । समाजसेवी गुरुङजस्ता धेरै व्यक्तित्व समाजमा जन्मिनुपर्ने धारणा राख्दै प्रदेश सांसद् विष्टले अरुले यस्तो ग¥यो भन्दा पनि आफ्नो अधिकार र पहिचानका लागि आफैं जाग्नुपर्ने आवश्यकता औंल्याए । आदिवासी जनजाति समुदायको पहिचान र अधिकारको पक्षमा आदिवासी जनजाति पत्रकारले कलम चलाउनुपर्ने बताउँदै उनले पत्रकारितामार्फत् सचेतना फैलाउनुपर्ने बताए ।

फोनिज, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष रूद्रबहादुर श्रीसमगरले समाजसेवाको क्षेत्रमा दुर्गा गुरुङ “मिलन” एउटा पर्यायवाची नाम बनेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद र चलचित्रका माध्यमबाट उहाँले आफूलाई समाजप्रति समर्पित गर्नुभएको भनाइ राखे । आफू हङकङमा रहेर पनि समाजसेवी गुरुङले जन्मभूमिका लागि निरन्तर सहयोग गर्दै आउनुभएको भन्दै अध्यक्ष श्रीसमगरले फोनिज, गण्डकी प्रदेश र समाजसेवी गुरुङका बीचमा सधैं प्रगाढ र आत्मीय सम्बन्ध कायम रहने विश्वास व्यक्त गरे । साथै, उहाँले बधाई र सम्मानका लागि मिलन डी.जी. इन्टरनेशनल प्रा.लि. र समाजसेवी गुरुङप्रति धन्यवाद समेत दिए ।

मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङले फोनिज, गण्डकी प्रदेशको नवनिर्वाचित टिमलाई बधाई दिन पाउँदा ज्यादै खुशी लागेको बताए । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.की संरक्षक सावित्रीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बालकाशी गुरुङले गरेका थिए । कार्यक्रमको व्यवस्थापन मिलन फाउण्डेशन नेपाल, मिलन ट्रष्ट र मिलन वल्र्ड डट न्यूजले गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds