मनखुशी फाउण्डेशनको तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

मनखुशी फाउण्डेशनको तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

mankhushi talim photo

पोखरा । मनखुशी फाउण्डेशन नेपाल, गण्डकी प्रदेशको आयोजनामा तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

शुक्रबारदेखि सुरु भएको तालिमको आइतबार समापन गर्दै पोखरा महानगरपालिका वडा नं. १३ की वडा सदस्य कृष्णकुमारी गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । गोर्खाली रेडियो १०६ मेगाहर्जको सहयोग तथा पोखरा महानगरपालिका वडा नं. १३, टावरमार्ग टोल विकास संस्थाको व्यवस्थापनमा भएको तालिममा ३२ जना प्रशिक्षार्थी सहभागी थिए ।

तीन दिनसम्म चलेको तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशकी उपाध्यक्ष खिमा गुरुङले सहजीकरण गरेकी थिइन् । मनखुशी फाउण्डेशन, गण्डकी प्रदेशकी संयोजक काशी गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन दीपक अधिकारीले गरेका थिए भने नन्दमाया सुवेदी पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि, तालिमको उद्घाटन पोखरा–१३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds