धनुषामा गोली प्रहारबाट १८ वर्षीय युवक घाइते

धनुषामा गोली प्रहारबाट १८ वर्षीय युवक घाइते

goli

धनुषा । धनुषाको जनकपुरधाम उप महानगरपालिका–१९ शिवपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

शनिबार राति गोली चल्दा कमला नगरपालिका– ८ का १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

मुकेश शिवपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको थियो ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको प्रहरीले जनाएको छ । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको छ ।

उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली प्रहार गर्नेको खोजी भइरहेको र घटना सम्बन्धमा अन्य अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds