पाँच वटा पसलमा आगलागी: डेढ करोड क्षति

पाँच वटा पसलमा आगलागी: डेढ करोड क्षति

aago

महोत्तरी । महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति पुगेको छ ।

आज बिहान मटिहानी नगरपालिका–८ मा जगदीशप्रसाद गुप्ताको दुईतले घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गुप्ताको घरमा मटिहानी नगरपालिका–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा बिहान ७ बजेतिर आगलागी हुँदा पसलभित्र रहेको सबै सामान जलेर नष्ट भएको छ ।

किराना पसलसँगै जोडिएका अरु चार वटा पसलमा पनि आगोले क्षति गरेको छ ।

आगलागीबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागी भएको दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds