गण्डकीमा कोरोना : थप १३ जनामा संक्रमण, पोखराका ५६ वर्षीय पुरुषको मृत्यु पुष्टि

गण्डकीमा कोरोना : थप १३ जनामा संक्रमण, पोखराका ५६ वर्षीय पुरुषको मृत्यु पुष्टि

Gandaki covid corona 3

पोखरा।   पछिल्लो २४ घण्टामा गण्डकीका थप १३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३५५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ५ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७ जना, लमजुङका एक जना, स्याङ्गजाका २ जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख २५० पुगेको छ। भने, अहिले प्रदेशभर १९५ सक्रिय संक्रमित छन् ।
शुक्रबार गण्डकीमा थप एकजनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -३२ निवासी ५६ वर्षीय पुरुष छन्। योसँगै,
गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४६५ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds