पोखरामा बन्दको प्रभावः यातायात र बजार प्रभावित

पोखरामा बन्दको प्रभावः यातायात र बजार प्रभावित

Pokhara Newroad

पोखरा । प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेको विरोधमा ६ कम्युनिष्ट संगठन र २ मोर्चाले आज सोमबार गरेको नेपाल बन्दको प्रभाव पोखरा पनि परेको छ ।

बन्दका कारण पोखरामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन् भने निजी सवारीसाधन फाटफुट रूपमा मात्र चलेका छन् । सार्वजनिक सवारीसाधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् ।

पोखराका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई मजबुत पारिएको र पोखरा लगायत कास्कीमा हालसम्मको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds