सरोज अर्याल, स्याङ्जा । जिल्लाकै नमुना इनारको रूपमा परिचित पुतलीबजार नगरपालिका १२ पेल्काचौर मा रहेको इनारको सम्वद्र्धन एवम् प्रबद्र्धनको लागि अत्यावश्यक देखिएको संरक्षण कार्यको पहिलो चरण अन्तर्गत ट्रष्ट निर्माणको कार्य सम्पन्न भएको छ ।
पिउने पानी र सिचाईंको प्रमुख स्रोत एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलको रूपमा अगाडि बढाउन सकिने सो स्थलको संरक्षण कार्यमा पुतलीबजार नगरपालिका वडा नं. १२ कार्यालय, स्थानीय युवा क्लब, ट्रस्ट निर्माण कम्पनी जुटेका हुन् ।
धेरै बर्ष पहिले देखिनै साविक पेल्काचौर गाविसका दुई वडा यो इनारबाट लाभान्वित थिए । त्यसपछि दुई टोलले सो इनारको पानी उभोग गर्दै आएका थिए । तर, ७ वर्ष अघि जी.डब्लू.एस. नामक आइएनजिओको सहयोगमा खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि इनारको प्रयोग हुन छाड्यो ।
अहिले पेल्काचौरबाट लगभग १३ किलोमिटर टाढा वालिङ नगरपालिकाको रानिश्वारा भन्ने ठाउँमा दुई ओटा पानीको मुहान किनेर पाइपलाइनबाट गाउँका धारामा पानी जोडिएको छ । पानी नआउँदा भने यही इनारको पानी उपभोग हुने इनार संरक्षण समितिका सचिव राजेन्द्र शर्माले जानकारी दिए ।
जिल्लाकै पूरानो र ठूलो इनारलाई पुनः सञ्चालन गर्ने र यसबाट आगामी दिनमा पानीको अभाव नहुने भन्दै संरक्षण समिति अघि बढेको हो । संरक्षण समिति नै बनाएर अहिले काम भईरहेको छ ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु