पोखरा। लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१० रक्षामार्गबाट अवैध लागु औषधसहित म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं -७ चिमखोला स्थायी घर भइ हाल रक्षामार्ग बस्दै आएका २१ वर्षीय सन्दिप पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनको साथबाट लागु औषध डाईजापाम -७५ एम्पुल, फेनेरागन -७५ एम्पुल र नुर्फिन- ७५ एम्पुल गरी जम्मा २२५ एम्पुल लागु औषध वरामद गरेको हो।
पक्राउ उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ