गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १ लाख नाघ्यो, दैनिक संक्रमित भन्दा निको हुने बढी

गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १ लाख नाघ्यो, दैनिक संक्रमित भन्दा निको हुने बढी

corona covid gandaki

पोखरा।    पछिल्लो २४ घण्टामा गण्डकीका थप २१ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १८४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १० जना, तनहुँका ३ जना, स्याङ्गजाका २ जना, पर्वतका २ जना, म्याग्दीका एक जना र मुस्ताङ जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ।

आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १८२४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ७४ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ जना पुगेको छ। भने, अहिले प्रदेशभर ३०८ सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६४ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds