काठमाडौं । परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ ।
बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गरी अति अत्यावश्यक काम परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन अनुरोध गरेको छ ।
‘युक्रेनमा रहेका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरेर अति आवश्यक परि त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ’, मन्त्रालयको सूचनामा भनिएको छ, ‘साथै, अति आवश्यक अवस्थामा बाहेक अहिलेलाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ।’
मन्त्रालयले नेपाली राजदूतावास, बर्लिनमा रहेका ३८ जनाभन्दा धेरै नेपाली सम्पर्कमा रहेको र उनीहरु सकुशल रहेको जानकारीसमेत गराएको छ । आवश्यक परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते