नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ। परिचित एक १७ वर्षीया गायिकाका परिवारले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएका छन् ।
शाह र ती गायिकाबीचको सम्बन्धको विषयले यतिबेला सामाजिक सञ्जाल र चियागफ तातेको छ। बुधबार तनहुँ प्रहरी पुगेर पीडित किशोरीका बुबाले किटानी जाहेरी दर्ता गराएका हुन् ।
पीडित किशोरी एक महिनाअघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर, कास्की प्रहरीले आफ्नो क्षेत्राधिकारभित्र नरहेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको थियो। तनहुँ प्रहरी जानुभन्दा पहिले नै पलले पीडित किशोरीलाई फकाइफुल्याई जाहेरी दर्ता नगर्न अनुरोध गरेका थिए।
शाह र ती गायिकाबीच भएको गोप्य कुराकानी अडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै पल शाहले यसअघि नै उनीसँग सहमतिमा शारीरिक सम्बन्ध भएको स्विकारेका छन्। उनले विज्ञप्ति प्रकाशित गरी आफूमाथि ष्ड्यन्त्र भएको बताएका थिए ।
नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि बलात्कार ठहरिने व्यवस्था छ। सोही कानुनका आधारमा पीडितले जाहेरी दिएकी हुन्।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई करणी गरे निजले त्यस्तो महिला वा किशोरीलाई जबर्जस्ती करणी गरेको मानिने कानुनी व्यवस्था छ।
होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमानिनेसमेत कानुनमा उल्लेख छ। तर, शाहले भने गायिकासँगको शारीरिक सम्बन्धलाई सहमतिमै भएको स्विकारिसकेका छन्।
जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कारबाही गर्ने कानुनी प्रक्रिया छ। सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ। जाहेरी दर्ता गर्ने किशोरी १७ वर्षकी भएकी हुँदा सोही कानुन आकर्षित हुने देखिन्छ।
सम्बन्धित खबर
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम