कास्कीका १० सहित गण्डकीमा थप ३० जनामा कोरोना संक्रमण, ७० संक्रमणमुक्त

कास्कीका १० सहित गण्डकीमा थप ३० जनामा कोरोना संक्रमण, ७० संक्रमणमुक्त

covid-19-corona

पोखरा।       पछिल्लो २४ घण्टामा गण्डकीका थप ३० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २०४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १० जना, तनहुँका ३ जना, लमजुङका एक जना, नवलपुरका ४ जना, स्याङ्गजाका ३ जना, बाग्लुङका ६ जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ।

आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १७४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ७० संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ८४६ पुगेको छ। भने, अहिले प्रदेशभर ४३५ सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६४ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds