देशभरका थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

देशभरका थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

corona test

काठमाण्डौ।  पछिल्लो २४ घण्टामा देशभर थप ३५० जनामा कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको दैनिक कोभिड -१९ सम्बन्धी अपडेट अनुसार ३५३८ पीसीआर र ३५५८ एन्टिजेन गरी कूल ७०९६ जनामा गरिएको परीक्षणमा उल्लेखित संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट १२७२ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्।

हाल देशभर १३ हजार ३६७ कोरोनाका संक्रमित बिरामीहरु रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds