पोखरा। कास्की प्रहरीले अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -८ नागवेलीटोलको एक घरमा लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थान डेरा गरी बस्ने काले भन्ने पवन पुन र पोखरा -१ घर भइ हाल नागवेली टोल बस्दै आएका ३२ वर्षीय सुजन क्षेत्री रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट लागु औषध फेनारगन १७५ एम्पुल, डाईजेपाम ११५ एम्पुल र नुर्फिन ११८ एम्पुल गरी जम्मा ४०८ एम्पुल लागु औषध र नगद सत्ताईस हजार सहित २ थान मोवाइल वरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।
तस्बिर : वडा प्रहरी कार्यालय रामबजार
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ