काठमाडौं । एमसीसीको विरुद्धमा ८ दलले आज (शुक्रबार ) पनि देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहिबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको थियो । सो बैठकपछि यस्तो निर्णय गरेको हो ।
यहि फागुन ४ गतेको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र आन्दोलनका क्रममा गिरफ्तारगरि हाल हिरासतमा राखिएका मंगल तामाङलाई बिनाशर्त तुरुन्त रिहा गर्न आन्दोलनरत ८ दलले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, काठमाडौंको बानेश्वरमा ८ दलले शुक्रबार मध्याह्न १२ बजे संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते