पोखरा। पछिल्लो २४ घण्टामा गण्डकीका थप ५५ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २८ जना, तनहुँका ४ जना, लमजुङका ६ जना र नवलपुरका एक जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, स्याङ्गजाका ४ जना, पर्वत २ जना, बाग्लुङका ३ जना र म्याग्दी जिल्लाका ७ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १६१९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ४६ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार २०० पुगेको छ। भने, अहिले प्रदेशभर ९५८ सक्रिय संक्रमित छन् ।
गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४६१ रहेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम