काठमाडौं । विभिन्न ६ वटा राजनीतिक दलले भाेलि फागुन ४ गते नेपाल बन्द आह्वान गरेपछि गृहमन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गर्ने र बुधबार नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएकोले कानून बमोजिमका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न ६ वटा राजनीतिक दलले फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरितका उल्लेखित गतिविधिहरु हुन नदिने सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ ।’
भाेलि नेपाल बन्द घोषणा
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते