अभियन्ता भनेर चिनिएका ज्ञानेन्द्र शाहीको नेतृत्त्वमा रहेको ‘हाम्रो नेपाल, हाम्रो अभियान’ राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मिसिने भएको छ ।
राप्रपाको मंगलबार बसेको पदाधिकारी बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाही नेतृत्त्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राप्रपामा आउन लागेको जानकारी दिए ।
उनका अनुसार आगामी फागुन ६ गते औपचारिक रुपमा शाही राप्रपा प्रवेश गर्ने भएका छन् । तर, हाललाई यस विषय सार्वजनिक नगरिएको उनले बताए ।
समान विचार भएका दलसँग पार्टी एकता गर्न गठित महामन्त्री धवलशमशेर राणा नेतृत्त्वको वार्ता समितिले बैठकमा शाही नेतृत्वको समूह राप्रपामा आउने जानकारी दिएको थियो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते