पोखरा । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।
मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले किनेर लगाएको भनी दिएको अभिव्यक्ति सरासर झुटो र अफवाहपूर्ण रहेको भन्दै राजीनामा मागेको हो ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’
मन्त्री खतिवडाले हालै एउटा अन्तर्वार्ताका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले कोरोनाको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनेको एमाले स्वास्थ्य विभागले बताएको छ ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ ।
उनलाई मन्त्री पदबाट बर्खास्त गर्न एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते