आज देशभरको मौसम कस्तो रहन्छ?

आज देशभरको मौसम कस्तो रहन्छ?

mausam

पोखरा । देशभरको मौसम आज (सोमबार) सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds