राप्रपा नेपालको अध्यक्ष बने कमल थापा

राप्रपा नेपालको अध्यक्ष बने कमल थापा

kamal-thapa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको हप्ता दिन नबित्दै कमल थापा ‘राप्रपा नेपाल’ को अध्यक्ष भएका छन्।

निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् ।

राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गरेका थिए । तर, त्यो बाटो छोडेर थापाले पुरानै राप्रपा नेपाल ब्यूँताएका हुन् ।

राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो ।

वि.स. २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीका अध्यक्ष लाक्पा तामाङ थिए ।

तामाङले आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालको अध्यक्ष पद थापालाई हस्तान्तरण गरेको बताएका छन्। ‘एकदिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यकता पर्नेछ भन्ने मेरो सोचाइ अहिले प्रमाणित भएको छ’, तामाङले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds