गण्डकीमा १४४ को परीक्षण गर्दा २३ जनामा संक्रमण,२९० संक्रमणमुक्त

गण्डकीमा १४४ को परीक्षण गर्दा २३ जनामा संक्रमण,२९० संक्रमणमुक्त

corona covid gandaki

पोखरा।   पछिल्लो २४ घण्टामा गण्डकीका थप २३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १४४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ३ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १३ जना, नवलपुरका २ जना र स्याङ्गजा जिल्काका ७ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १४४२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट २९० संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९८ हजार ७९५ पुगेको छ। भने, अहिले प्रदेशभर १ हजार १८८ सक्रिय संक्रमित छन् ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५९ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds