अरुण नदीको बेलिब्रिज भाँचियो

अरुण नदीको बेलिब्रिज भाँचियो

BK-Khadbari-Belibrize-Damage

सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज हिजो शनिबार भाँचिएको हो ।

हिजो दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीन वटा ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेका थिए । ट्रकमा रहेका चालक र सहचालकलाई भने सकुशल उद्धार गरिएको छ ।

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको भन्दा बढी क्षमता भएको सामग्री बोकेर एकै पटक तीन वटा ट्रक तर्ने क्रममा फुल भाँचिएको बताइएको छ । तीन वटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएका थिए ।

२०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds