करेन्ट लागेर एक मजदुरको मृत्यु

करेन्ट लागेर एक मजदुरको मृत्यु

corent

सर्लाहीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्।

बागमती नगरपालिका–२, धरहरामा शनिबार करेन्ट लागेर बागमती नगरपालिका–८, शंकरपुर निवासी अन्दाजी २५ बर्षका रामु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतोलाई बचाउने क्रममा सोही स्थानका २१ बर्षीय दिपककुमार महतो समेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

बागमती–२ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको हो ।

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds