दाङको तुलसीपुरमा जुत्ता पसलमा आगलागीः ५ जनाको मृत्यु,१ घाइते

दाङको तुलसीपुरमा जुत्ता पसलमा आगलागीः ५ जनाको मृत्यु,१ घाइते

dang

दाङमा होलसेल जुत्तापसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनमा रहेको ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएका हो ।

आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय अबिददिन अलि रहेका छन् ।

मृतक र घाइतेहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

आज बिहान दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds