पोलबाट खसेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

पोलबाट खसेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

death body

ताप्लेजुङमा विद्युत्को पोलबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ ।

सोमबार बिजुली बनाउने क्रममा पोलबाट खसेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बूको मृत्यु भएको हो ।

सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा लिम्बू अचानक पोलबाट सडकमा खसेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो ।

प्रहरीका अनुसार उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds