काठमाडौँ उपत्यकामा जोर–बिजोरको नियम हट्यो

काठमाडौँ उपत्यकामा जोर–बिजोरको नियम हट्यो

ktm

काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ ।

हिजो बसेको काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार प्रशासन कार्यालयले सो निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds