गण्डकीमा परीक्षण घटेसँगै संक्रमितको संख्यामा कमी, एकैदिन ७१७ संक्रमणमुक्त

गण्डकीमा परीक्षण घटेसँगै संक्रमितको संख्यामा कमी, एकैदिन ७१७ संक्रमणमुक्त

covid-19-corona

पोखरा।  पछिल्लो २४ घण्टामा गण्डकीका थप ४६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २०९ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २२ जना, तनहुँका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ७ जना, पर्वतका ४ जना, बाग्लुङका ५ जना, म्याग्दीका चार जना, मनाङका एक जना र मुस्ताङ जिल्लाका २ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख ६६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ७१७ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९५ हजार ९६९ पुगेको छ। भने, अहिले प्रदेशभर ३ हजार २४८ सक्रिय संक्रमित छन् ।

आइतबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -१२ निवासी ६६ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४४४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds