देवरले भाउजूलाई पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्यु

देवरले भाउजूलाई पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्यु

mrita fela

सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढी निवासी २० वर्षीय प्रमेश्वर साहले भाउजू २७ वर्षीया राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको हो ।

माघको २१ गते बिहान घरमा रोटी पकाइरहेको अवस्थामा साहले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजकुमारीका ३० वर्षीय पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

उजुरीका आधारमा आगजनी गर्ने प्रमेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds