फागुन १ गतेदेखि रेल गुडाइने, चढ्न भने नपाइने

फागुन १ गतेदेखि रेल गुडाइने, चढ्न भने नपाइने

rel

धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फागुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन ।

नेपाल रेल्वे कम्पनीका अनुसार रेलको कन्डिसन बुझ्न र बाटो क्लियर गराउनका लागि फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ ।

जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए ।

२ असोज, २०७७ मा नेपाल ल्याइएको रेल इनर्वा स्टेशनमा राखिएको छ । यो रेललाई यसअघि २४ पुसमा पनि गुडाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds