स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिरुवा गाँउपालिका–३ धोवादीमा ग १ झ ५९३९ नम्बरको जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको हो । बिरुवा बजारबाट धवादीतर्फ गएको जीप हिजो रातिदेखि सम्पर्क विहीन थियो । आज बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर जीपचालक बिरुवा गाउँपालिका–३ का २६ वर्षीय बेलबहादुर थापा र सहचालक ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
पोखरामा तीन सय ६७ युवा एमाले प्रवेश
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
मध्यपहाडी लोकमार्ग: धमाधम कालोपत्र हुँदै बागलुङ खण्ड
आइसिसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण
प्राईम सहकारी ठगी कसूरमा पक्राउ परेका शंकर नारायण जेल चलान
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम