गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख नाघ्यो, थप २९० जनामा कोरोना पुष्टि

गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख नाघ्यो, थप २९० जनामा कोरोना पुष्टि

Gandaki covid corona 3

पछिल्लो २४ घण्टामा गण्डकीका थप २९० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ६५४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७० जना, तनहुँका १४ जना, गोरखाका एक जना, लमजुङका १७ जना र नवलपुरका चार जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका २६ जना, पर्वतका पाँच जना, बाग्लुङका १९ जना, म्याग्दीका १५ जना, मुस्ताङ्गका नौ जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख २५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ९४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९३ हजार ५२७ पुगेको छ। भने, अहिले प्रदेशभर ५ हजार २८७ सक्रिय संक्रमित छन् ।

बिहीबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ।  मृत्यु हुनेमा स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -१० निवासी ६४ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४४० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds