कास्की । लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराले अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नं -६ लेकसाइडस्थित सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले १३ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-२१ बुधवारे बस्ने २१ वर्षीय सुमन रौतार थारु र पाल्पा रिब्दिकोट गाउँपालिका-८ बस्ने सोमर रायमाझी रहेका छन् ।
ब्यूरोका अनुसार उक्त स्थानमा लागु औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको ब्यूरो शाखा पोखराले जनाएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ